Sunday, May 17News That Matters

१६ थान कौडासहित उदयपुरमा १३ जुवाडे पक्राउ

पूर्णपुष्टि,पुष १० 

उदयपुरमा आज जुवा खेलिरहेका १३ जना जुवाडे पक्राउ परेका छन् । उदयपुरगढी–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई–७ का  ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढी–८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन् ।

घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकको आधारमा आज विहान राती ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । जुवाको खालबाट प्रहरीले नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।