
पूर्णपुष्टि, फागुन २१
त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पानी पिउने व्यवस्था सहित खानेपानी मर्मत सम्भार कार्य सम्पन्न भएको छ । वडाअध्यक्ष मान वहादुर राईका अनुसार उक्त कार्यक्रम तथा योजना वडाको आर्थिक बर्ष २०७८÷०७९ को वडागत बजेट अन्तरगत भएको हो ।
वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयको बजेट बाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको अध्यक्ष राईले बताए । शनिवार अध्यक्ष राई सहितको उपस्थितिमै खानेपानी मर्मत सम्भारको काम भएको हो । एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार समिति सुकौराले जनाए ।

कार्यक्रममा समितीको योजना वजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ । गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लि. क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको छ । उक्त वितरण प्रणाली मार्फत नै करिव ३०० घरधुरिलाई स्वच्छ पिउने पानी व्यवस्था भएको समितिका अध्यक्ष बल बहादुर कटुवाले जनाए । मर्मत सम्भार सम्पन्न कार्यक्रमको उद्घाटन वडा अध्यक्ष राईले गरेका थिए भने सम्पूर्ण उपभोक्त तथा स्थानीय शिक्षक, बुद्धिजिवीहरुको उस्थिति रहेका थिए ।

