Monday, April 20News That Matters

१६ नं. वडा स्तरीय भलिवल प्रतियोगितामा सुनौलो टोल विकास संस्था प्रथम

पूर्णपुष्टि, कार्तिक १४
त्रियुगा नगरपालिका वडा नं. १६ मा भएको वडा स्तरीय खेलकुद भलिवल प्रतियोगितामा सुनौलो टोल विकास संस्था प्रथम भएका छन् । वडाले हरेक बर्ष युवाहरुलाई लक्षित गरी खेलकुदको आयोजना गर्दै आईरहेको थियो । यो बर्ष पनि २०७९÷०८० को स्वीकृत वडागत बजेटबाट युवा लक्षित कार्यक्रम अन्तरर्गत तिहार तथा छठ पर्वको अवसरमा खुलकुद कार्यक्रमको आयोजना गरेका थिए ।
वडाको आर्थिक सहयोग तथा वडास्तरिय युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको २ दिवशिय टोल विकास स्तरीय भलिवल प्रतियोगितामा करिब १० ओटा टिमहरु सहभागी रहेको वडा खेलकुद विकास समितिका अध्यक्ष पेशल राईले जनाउनुभयो ।

खेलकुद कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष मान बहादुर राईका अनुसार वडाले प्रत्येक बर्ष युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरु विच खेलकुद प्रतियोगिता सचालन गर्दै आएको जनाउनुभयो । यो सँगै वडाले स्थानीय खेलाडी उत्पादनमा दिनुका साथै आगामि दिनमा खेलकुद विकासका लागि सहयोग बढाउन थप लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आयोजक प्रति धन्यवाद र खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै आफ्नो भनाई अन्त्य गर्नुभएको थियो । खेलकुद कार्यक्रममा बिजयी टिमहरुलाई नगद र प्रमाण पत्र र मेडल वितरण गरिएको थियो ।
भलिवल खेलकुद एम्पायरमा सन्तोष रोका र राज कुमार रोका रहेका थिए । भने कार्यक्रम संञ्चालक समितिका सचिव भुवन राईले गर्नुभएका थिए । उक्त अवसरमा विजयी टोल विकास सस्था , सहयोगि स्वयंसेवकहरुलाई प्रशङ्शा पत्र समेत प्रदान गरिएको थियो ।