Tuesday, June 2News That Matters

१६ नं वडाका विपन्न तथा एकल महिलाहरुलाई उन्नत जातको बंगुर वितरण

पूर्णपुष्टि, चैत्र १५
त्रियुगा नगरपालिका वडा नं १६ ले वडाका विपन्न तथा एकल महिलाहरुलाई उन्नत जातको बंगुर वितरण गरेको छ । सोमावर सुकौरामा वडाको ०७८/०७९ को स्वीकृत बार्षिक वडागत योजना र बजेटको सदुपयोग गर्दै १६ घर परिवारलाई बंगुर वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले बताए । उन्नत जातको बंगुरले वडामा रहेको विपन्न परिवारलाई आर्थिक आम्दानीमा टेवा दिने भन्दै विपन्न तथा एकल महिलाहरुलाई लक्षित गरी वडा सदस्य गोमा कार्कीले बंगुर वितरण गरेका थिए ।

वडाले पछाडि परेका महिलाको आयआर्जन विकासमा टेवा पुर्याउन गत विगतदेखि नै यस किसिमको कार्यक्रम गर्दै आएको थियो । वडाले विशेषगरी व्यवसायिक पशुपालन विकासको क्षेत्रमा बङ्गुर, बाख्रा , कुखुरा र भैंसी पालन व्यवसाय प्रबर्द्धनमा केन्द्रित भई वडालाई आर्थिक विकासमुखी बनाउने कार्य गरिरहेको छ ।