पूर्णपुष्टि, पुष १५
१६ नं वडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको काम पनि सुरु गरेको छ । वडा कार्यालयको भवन उद्घाटन सँगै प्रधानमन्त्री रोजगार कार्यक्रमको पनि उद्घाटन भएको हो । वडा कार्यालय भवन उद्घाटन गर्न पुगेको त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले प्रधानमन्त्री रोजगारको कार्यक्रमलाई पनि उद्घाटन गरेको छ । उद्घाटन सँगै त्यस ठाउँमा काम धमाधम सुरु गरिएको छ । त्रियुगा नगरपालिका रोजगार संयोजक निशा घलेले उद्घाटन सँगै श्रमिकहरुलाई परिचयपत्र समेत वितरण गरिएको जनाईन् । उनले त्रियुगा नगरपालिका १६ मा जम्मा १९ जना श्रमिकहरुलाई उक्त काममा खटाईएको सबैलाई परिचय पत्र वितरण गरिएको जनाईन् ।

नाली सफा तथा सडक स्तरउन्नती गर्ने १२ जना र सिँडी निर्माणका लागि ७ जना खटाईएको घलेले बताईन् । श्रमीकहरुलाई करिब १०० दिन रोजगार दिईने जनाईएको छ । त्यस बापत उनिहरुले दिनको ५७७ रुपयाँ पारिश्रमिक पाउने छन् । संयोजक घलेका अनुसार श्रमिकहरुको पारिश्रमिक एकमुष्ठ बैँकमा जम्मा हुने जनाईन् । काम पश्चात उनिहरुले बैँक बाट आफ्नो रकम लिन सक्ने जनाईन् । यस्तै वडाअध्यक्ष मान वहादुर राईले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत यहाँका विपन्न तथा दलित परिवारहरुलाई रोजगार दिईएको जनाईको छ । उनले लाभग्राही सुचिकृत बेरोजगारीलाई १ दिने कार्यक्रम सहित प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरिएको जनाए । राईले यस उक्त कार्यक्रम अन्तगरगत सुकौरा, काभ्रे, सिरवानी, भोर्ले हुँदै वडा कार्यलय सम्मको बाटो स्तरउन्नती गर्ने जनाए ।


