Sunday, June 21News That Matters

१६५ केजी गाँजासहित एकजना पक्राउ

पूूर्णपुष्टि, जेष्ठ १७

सुनसरीमा १ सय ६५ केजी गाँजासहित एकजना पक्राउ परेको छ । कोशी गाउँपालिका–८ भाण्टाबारी स्थित पुर्ब–पश्चिम राजमार्गबाट सोही स्थानका ४० वर्षीय गणेश यादव गाँजासहित पक्राउ परेको हो ।

आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका यादव माथि लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।