
पूर्णपुष्टि,चैत २६
बागलुङमा १९ वर्षीया एक युवतीलाई जर्बजस्ती करणी गर्ने एक अभियुक्तलाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय सुनाएको छ । ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले करणी कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला सुनाएको हो ।
जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीका अनुसार कैद सँगै बनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने छ ।
२०७७ असार १७ गते ती युवतीलाई करणी गरेको अरोपमा बनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
बन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
