
पूर्णपुष्टि, बैशाख ११ गते ।
न्युयोर्कको दुई वटा घर पालुवा बिरालोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
बिरालोमा कोरोना संक्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संघीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको संक्रमण पाइएको यो पहिलो घटना हो ।
