
पुस ५ गते ।
काठमाण्डौँको विभिन्न सडक पेटीमा बस्दै आएका दुई सय १५ जना वेसहाराको काठमाण्डौ महानगरपालिकाले उद्धार गरेको छ । महानगरपालिकाको २५ औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको अभियानमा उक्त संख्यामा वेसाहाराको उद्धार भएको हो ।
गत मङ्सिर २९ गतेदेखि पुस २ गतेसम्मको उद्धार अभियानमा २९ गते ३४ पुरुष, ७ महिला, र एक बालक गरी ४२ जनाको उद्धार गरेको थियो । त्यस्तै ३० गते १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो ।
त्यस्तै पुस १ गते ३७ पुरुष, ११ महिला, र एक बालक गरी ४९ जनालाई उद्धार गरेको थियो भने पुस २ गते ३ महिला, ६४ पुरुष गरी ६७ जनालाई राती काठमाडौँका विभिन्न सडक पेटीबाट उद्धार गरिएको महानगरले जनाएको छ ।
उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, १ बालक र १ बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको जनाईएको छ । उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ भने ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको जनाईएको छ ।
