
पूर्णपुष्टि, साउन १० । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई गैरहाजिर भएका २२ जना प्रहरीलाई सात दिन भित्र हाजिर हुन निर्देशन दिएको छ ।
कार्यालयले बुधबार एक सुचना जारी गर्दै सात दिन भित्र हाजिरी हुन भनेको छ । कार्यालयले गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुनु पर्ने, अन्यथा सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।
प्रहरी चौकी सतिघट्टा ज्यामिरगढीबाट झापा दरबन्दी भएका प्रहरी जवान सप्तरी शुभनाथ नगरपालिका १२ का नरेन्द्र कुमार शाह सबैभन्दा लामो समयदेखि गैरहाजिर छन् । उनि २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् ।
