
पूर्णपुष्टि, चैत २०
२६ किलो गाँजासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । परेर्वासुनौली गाउँपालिका–२ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार अपराह्न प्रहरीले पक्राउ गरेको हो ।
घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित पञ्जियारलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
