Thursday, August 6News That Matters

३ यात्रुबाहक बस ठोक्किए : १३ जना घाइते, २ को अवस्था गम्भिर

पूर्णपुष्टि,फागुन १६

धादिङमा आज तीन यात्रुबाहक बस एक आपसमा ठोकिएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् भने घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।

धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको यात्रु बाहक बसले ओभरट्याक गर्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका दुवैलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।