Tuesday, June 30News That Matters

३ संस्थाद्धारा पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मिलन परियार
गाईघाट, असोज २१

उदयपुरका तीन सस्थाले स्वास्थ्य कार्यालयमार्फत पालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा जाल्पा एकीकृत बिकास समाज उदयपुर, हुरेन्डेक उदयपुर र नेस्पेक उदयपुरको आयोजनामा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको रोहबरमा सोमबार एक सय ५२ थान पिपिई सेट हस्तान्तरण गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका बाल प्रायोजन  टिम लिडर गेस बहादुर आले मगरले बताउनुउनभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरु अग्रपंक्तिमा काम गर्नु पर्ने भएकाले ताप्ली, लिम्चुङ्बुङ, उदयपुरगढी  र रौतामाई गाउँपालिकालाई ५/५ सेट  र कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकालाई १०/१० सेट र स्वास्थ्य कार्यालय उदयपुरलाई ९२ थान पिपिई सेट हस्तान्तरण गरेको मगरले बताउनुभयो ।