
पूर्णपुष्टि, कार्तिक २२
कलिलै उमेरमा राष्ट्र बैँङकी साहयक निर्देशक बनेकी वुटवलको कृति थपाको कोरोनाले ज्यान लिएको छ । कृति नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरको छोरी हुन् । सदस्य थापालाई १२ दिनको अबधिमा ठुलो सोक परेको छ । १२ दिन अघि मात्रै श्रीमती गुृमाएका कुमार थापाले लगत्तै छोरी गुमाईन । छोरी कृति ८ महिनाको गर्भवती थिईन ।
कृतिले काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन् । उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्।
बुटवल उपमहानगरपालिका(१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ । असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रममा कात्तिक ४ गते खुमाको मृत्यु भएको थियो। अस्पताल भर्ना गर्दा ज्वरो आउनुका साथै हेमोग्लोबिन घट्दै गएको र पछि ब्रेन ह्रयामरेजका कारण खुमाको मृत्यु भएको अस्पतालले जनाएको थियो।
खुमाको मृत्यु भएको १२ दिनपछि थापाकी छोरी कृतिको पनि मृत्यु भएपछि थापा र राजभण्डारी परिवार शोकमा डुबेको छ। सुरूमा खोकी बढ्दै गएपछि नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। कोरोनासँगै मुटुमा समस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा निकालिएको थियो।
पारिवारिक स्रोतका अनुसार कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। अहिले त्यही भल्बमा समस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो।
पहिले नै मुटुका भल्ब फेरिएको र गर्भवती अवस्थामा कोरोना संक्रमणसँगै भल्बमा समस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृत्यु भएको हो। कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन् ।
