Wednesday, June 10News That Matters

३२ जना माओवादी केन्द्रमा प्रवेश

पूर्णपुष्टि, असाेज ११ ।
नेकपा (माओबादि केन्द्र) त्रियुगा नगर समितिकाे संगठन सुदृढीकरण अभियान अन्तर्गत आज वडा नम्बर-५ स्थित पिपलचौरीमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३२ जना नेकपा (माओबादि केन्द्र) प्रवेश गरेका छन् ।
फौद दाहालकाे अध्यक्षतामा  टाेल कमिटि, अर्जुन राईको अध्यक्षता मा वाइसियल इकाई कमिटी, जानुका सुन्दासको अध्यक्षतामा महिला र सुरेश परियारको अध्यक्षतामा दलित मुक्ति मोर्चाको गठन भएको छ। पार्टीमा नब प्रबेसीहरुलाई स्वागत गर्दै जिम्मेवारी प्राप्तहरुलाई बधाई तथा शुभकामना पार्टिकाे तर्फबाट व्यक्त गरिएकाे छ ।


प्रवेश गर्नेहरुमा अर्जुन राई, रमेश सुन्दास, दान ब. परियार, नवीन सुन्दाश, दिपक दमाई, बिक्रम परियार, रबि परियारर चक्र ब. परियार, कृष्ण मोते, केशर मोते, शुरेश दमाई, दान ब. लामिछाने, बिनोद परियार रहेका छन् । त्यस्तै भेग केपछाकी मगर, बिष्णु परियार, जित कुमार राई, पुजा राई, पवन राई, गोबिन्द परियार, रमेश बुर्जा मगर, सुरेश दमाइ, आशिष दमाई, लोकेन्द्र बुर्जा मगर, वीर ब. आले मगर, सन्जिब बि.क., क. बिजय परियार, द्वोदराज भुजेल, सयन्द्र भुजेल, कल्पना भुजेल, रीता भुजेल, प्रमिला सुन्दास र संगिता सुन्दास रहेका छन् ।


कार्यक्रम प्रदेश समिति सदस्य सम्झना तामाङको प्रमुख आतिथ्य, त्रियुगा इन्चार्ज बिमल किराँती, त्रियुगा नगर का.बा अध्यक्ष मानबहादुर राई को बिशेष आतिथ्यमा भएकाे थियाे । वाईसिएल केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज ज्ञानेन्द्र मगर, अखिल नेपाल शिक्षक संघ उदयपुरका अध्यक्ष राधारमण खतिवडा, दलित मुक्ति मोर्चा नगर अध्यक्ष मेम बि.क. लगायतको आतिथ्यमा भएको थियोे ।