Monday, April 20News That Matters

३२ हजार भन्दाबढीको पटका बरामद

मोरङ, कात्तिक ७ गते । 

मोरङको विभिन्न ठाउँबाट ३२ हजार भन्दा बढी मूल्यको पटका बराम गरिएको छ । सिमा प्रहरीले करिब १२ हजार पाँच सय मुल्य बराबरको र ईलाका प्रहरी कार्यालय बुधनगरले करिब २० हजार बराबरको पटका बरामद गरेको हो ।

सिमा प्रहरी चौकी डोरीयाबाट खटेका प्रहरी टोलीले बुधबार हिउँसो करिब १ बजे भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध करिब १२ हजार पाँच सय बराबरको पटका बराम गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटेका प्रहरी टोलीले दिउँसो करिब २ बजे चेकजाँच गर्ने क्रममा २० हजार मुल्य बराबरको पटका बरामद गरेको प्रहरीले जनाएको छ ।