
पूर्णपुष्टि, असार २९
३६ वर्षीया महिला करणी गरेर भागेका एक युवालाई प्रहरीले संखुवासभाबाट पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको टोलीले संखुवासभाको मादी नगरपालिका–५ घर भएका ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।
३१ वर्षीय मोक्तानले मादीकी ३६ वर्षीया महिलालाई २०७७ मंसिर १८ मा करणी गरेका थिए । करणी गरेको ८ महिनापछि आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुर इन्सपेक्टर योगराज खतिवडाले बताउनुभयो ।
घरमा एक्लै भएको समयमा ज्ञान बहादुरले जबर्जस्ती करणी गरेका थिए । पीडितले करणी भएको चार दिनपछि प्रहरीलाई खबर गरेकी थिइन् । आरोपीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताउनुभयो ।
