Wednesday, July 1News That Matters

४ महिनाको कर छुट दिने नगरको निर्णय

पूर्णपुष्टि, बैशाख २४ गते ।

त्रियुगा नगरपालिकाले उद्योग, व्यावसाय, चालक, घरबहालसहित विभिन्न करमा छुट दिने निर्णय गरेको छ । नगर क्षेत्र भित्र व्यावार व्यावसाय गर्नेहरुको लागी राहत पुगोस् भन्ने हेतुले करमा छुट गर्ने निर्णय गरेको हो ।

चैत्र, बैशाख, जेठ र असारसम्मको घरबहाल कर, नगरले लिने व्यावसाय करमा छुट दिने भएको छ । रिक्सा, अटो पार्कीङ शुल्क आर्थीक वर्ष २०७६–७७ देखि २०७७–७८ सम्मको छुट दिने निर्णय गरेको नगरले जनाएको छ ।

त्यस्तै साना मझौला घरेलु उद्योग दर्ता, नविकरणमा ५० प्रतिशत छुट दिने नगरले निर्णय गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । नगर भित्रका घर धनीलाई लकडाउन भरिको घर भाडा नलिन मेयर चौधरीले अनुरोध गरेको छ । उक्त निर्णयले सवैलाई थोरै भएपनि राहत मिल्ने अपेक्षा लिएको जनाईएको छ ।