Wednesday, May 20News That Matters

४ सय ६८ नेपाली नेपाल आईपुग्यो

पूर्णपुष्टि, असार १३

विश्वको विभिन्न देशबाट आज बिहानै ४ सय ६८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कतारको दोहाबाट २ सय ४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १ सय ४६ जना विभिन्न चार्टर्ड उडानमार्फत बिहान काठमाण्डौ आइपुगेका हुन् ।

आजै साउदीको दमामबाट १ सय ५४ जना नेपाली फर्कंदै छन् भने साउदीको रियादबाट पनि नेपालीहरु फर्कने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।