
पूर्णपुष्टि, जेष्ठ ४
उदयपुर जेसिजले कोरोना माहामारीमा अतिआवश्यकीय साधनको रुपमा प्रयोग भईरहेको अक्सिजन सिलिन्डर रिफिलिङ गर्न उदयपुरका २ कोरोन हस्पिटललाई आर्थिक सहयोग गरेको छ । जिल्ला अस्पताल उदयपुर र उदयपुर कोभिड अस्पताल चौदण्डीगढीलाई आर्थिक सहयोग गरेको हो ।
जेसिजले करिब ४० ओटा अक्सिजन सिलिन्डर रिफिलिङ गर्ने आर्थिक उपलब्ध गराएको जेसिज उदयपुरकी अध्यक्ष शबु थापाले बताईन् । उनिहरुले उदयपुर कोभिड हस्पिटलका व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईको टोली र जिल्ला हस्पिटल उदयपुरका प्रमुख डा. जिव नारायण मन्डललाई हस्पिटलमा पुगेर आर्थिक सहयोग गरेको हो ।
“मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै बिभिन्न सहयोगी हातहरु प्रति आभार व्यक्त गर्दै माहामारीमा सबै क्षेत्र व्यक्तिहरु बाट थप सहयोगका अपेक्षा सहित कोरोना मुक्त व्यक्ति, परिवार, समाज र राष्ट्रको लागि सुरक्षित हुने चृतनाका साथ सहयोको धारणा राखिएको संस्थाका माहासचिव बिष्णु कार्कीले बताउनुभयो ।
