Sunday, June 28News That Matters

४१ अर्बको खाद्यान्न आयात

पूर्णपुष्टि, बैशाख १० गते । 

कृषिप्रधान देश नेपालमा वर्षेनी खाद्यान्न आयात बढ्दै गएको पाईएको छ । चालु आर्थिक वर्षको ९ महिनामा करिब ४१ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

गत साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको यहि समयसम्मको तुलनामा ६१ करोड रुपैयाँले बढी आयात भएको हो ।

आयातीत खाद्यान्न मध्ये धान चामलको ठूलो हिस्सा रहेको छ । साउनदेखि चैत्रसम्म २६ अर्ब रुपैयाँ भन्दा बढीको धान चामल आयात भएको छ । १९ अर्ब ३२ करोड रुपैयाँको चामल, ५ अर्ब ६० करोड रुपैयाँको धान र ८४ करोड रुपैयाँको कनिकालगायत खाद्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।