Wednesday, July 1News That Matters

४१ किलो लागुऔषध गाँजा बरामद

पूर्णपुष्टि,माघ २१

४१ किलो लागुऔषध गाँजा सशस्त्र प्रहरीले सप्तरीबाट बरामत गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो ।

सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।