
पूर्णपुष्टि,चैत ३
४१ बर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङ आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ । उनीमाथि वारदाताका समयमा उधारोमा १५ सयको भैँसी किनेर उक्त पैसा नतिरेको विषयमा झैझगडा हुँदा कुटपिटबाट स्थानीय नाम्जा तामाङको मृत्यु भएको आरोप छ ।

यस्तै तामाङले आफ्नो पहिचान लुकाएर भारतीय सेनामा मन्सुर तामाङको नाममा भर्ना भइ अवकाशपछि पेन्सन समेत लिने गररेकोमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

