
पूर्णपुष्टि, भदौ ४
धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाउँपालिका–९ का २० बर्षीय सनिल राई रहेका छन् ।
हिजो राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १–०२–०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका राईले बोकेको झोला शंका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
