Sunday, May 3News That Matters

५ बर्षदेखी जिल्ला अस्पताल उदयपुरमा हाईड्रोशिलको नि:शुल्क उपचार

पूर्णपुष्टि, २१ बैशाख ।
जिल्ला अस्पताल उदयपुरले हाईड्रोशिलको निशुल्क उपचार गरिरहेको छ । सरकारले अस्पतालमा निशुल्क उपचारको लागि बार्षिक रुपमा बजेटनै छुटाएको छ । फोकल पर्सन डा. निर्मला चौधरीका अनुसार हाल सम्म ३३ जना हाईड्रोशिलका बिरामीहरुलाई निशुल्क उपचार गरिसकेको अवस्था छ । उपचारको लागि सरकारले बार्षिक रुपमा बजेट बिनियोजन गर्दै आएको छ । उक्त उपचारलाई थप प्रभावकारी र प्रचार गर्न आवश्य रहेको हस्पिटलले जनाएको छ । शुक्रबार हाईड्रोशिल उपचारबारे पत्रकार सम्मेलन गर्दै यसर्ला थप प्रचारप्रशार गर्नु पर्ने जनाएको छ । उदयपुर अस्पतालमा २०७५ साल देखि यो कार्यक्रम लागू गरिए पछि निरन्तर बजेट आउने गरेको अस्पतालका मेसु डा. ज्ञानेन्द्र झाले बताए ।

 डा. चौधरीले अहिलेसम्म उदयपुरको ८ मध्ये ३ वटा स्थानिय तहमा अभिमुखि कार्यक्रमको आयोजना गरिएको बताइन् ।बाकी स्थानिय तहमा पनि चाडै कार्यक्रम सुरु गर्ने तयारी भैरहेको उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइन् । उनले एक बिरामी बराबर ७ हजार रूपमा खर्च हुने जानकारी दिइएन ।

उनले हाइड्रोसील खास गरि पुरुषको अन्डकोषमा पानी जम्ने रोग भएकोले बिरामी उपचार गराउन लाजको कारण अस्पतालमा नआउने गरेको बताइन् ।जस्को कारण जिल्ला भरि यो रोगको यकिन बिरामी संख्या पत्ता न लागेको उनले बताइन् ।

यो साल कति संख्यामा बिरामी आउने हो असार पछी एकिन संख्या पत्ता लाग्ने उनले बताइन् । जिल्ला अस्पतालमा निशुल्क हाइड्रोसीलको उपचार हुने कुना धेरै रोगीलाई थाहा नभएको कारण पनि बिरामी उपचारको लागी नआउने गरेको उनले बताइन् । लिम्चुङबुङ गाउपालिकाको २ नम्बर वडाले हाइड्रोसील बिरामी उपचार गराउन अस्पताल आउँदा यातायात खर्च बिरामी लाई उपलब्ध गराइदिने प्रतिबद्ध गरेको डा। निर्मलाले बताइन् ।