
पूर्णपुष्टि,माघ २७
आज ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर बिहान ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ताप्लेजुङको सदरमुकामसम्म नै भूकम्पको धक्का महशुस गरिएको स्थानीय बासिन्दाहरुले जनाएको छ । ओलाङचुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो ।
