Tuesday, April 21News That Matters

५० लाख ठगी गरेको अभियोगमा एकजना पक्राउ

पूर्णपुष्टि,चैत ३१

नक्कली बैना कागज बनाएर ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय सकुल शाही ठकुरीलाई शनिबार दिउँसो काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले नागार्जुन नगरपालिका–६ मा रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाएर पीडितको ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।