Saturday, June 20News That Matters

६० वर्षीय बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ

पूर्णपुष्टि, भदौ ८

एक ६० वर्षीय बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–४ बागखुर बस्ने २५ वर्षीय टेक बहादुर नेपालीलाई आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झै–झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा ज्यान गएको प्रहरीको दाबी छ । अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।