
पूर्णपुष्टि, असार १६ गते ।
काठमाण्डौँबाट स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाण्डौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग २ लाख ८ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
