Friday, June 12News That Matters

७४ को चुनावमा कटारीको मेयरमा जितेका एमालेलाई यो पटक तेस्रो मत

पूर्णपुष्टि, जेष्ठ ११
कटारी नगरपालिकामा कांग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएको छ । पहिलो ७४ को स्थानीय चुनावमा एमाले बाटै मेयर जितेको एमालेले यो पटक नराम्ररी हार बेहोर्यो । हार मात्रै हैन् स्वतन्त्र भन्दा पनि तल्लो स्थान प्राप्त गर्दै तेस्रो स्थानमा झरे । ७४ मा मेयरै जितेका एमालेले यो पटक भने जनता बाट कम मत पाए । एमाले बाट उम्मेदवार दिएका पूर्व मेयर समेत रहेका ज्ञानेन्द्र श्रेष्ठ कांग्रेसका राजेशचन्द्र श्रेष्ठ सँगै हारे । उनलाई अन्तिम मत परिणाममा स्वतन्त्र उम्मेदवार केपि बरालले समेत उछिने ।

कांग्रेस माओवादी गठबन्धनका बिच चुनाव लडेका श्रेष्ठ स्वतन्ध सँग समेत हार्न अस्वभाविक रह्यो । दुई पार्टी सँग हार्नु त छँदै छ । स्वतन्त्र उम्मेदवारले समेत एमालेलाई यो पटक पछि पार्यो । गठबन्धनबाट उम्मेदवारी दिएका राजेशचन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्यार विजयी भए भने स्वतन्त्र उम्मेदवार केपि बरालले ५ हजार ९ सय ५२ मत प्राप्त गर्दै दोस्रो भए । यता एमाले उम्मेदवार श्रेष्ठले भने ५ हजा ७ सय १५ मत ल्याए । श्रेष्ठलाई अन्तीममा २ सय ३७ मतले पछाडी पार्दै स्वतन्त्र उम्मेदवार बराल समेत उछिनेको हो ।

सुरुमा अग्रता लिएको कांग्रेस बिचमा पछि परेका थिए । त्यस यता एमालेले अग्रता राखेका थिए । तर त्यो अग्रता धेरै टिकेन । पछि फेरी कांग्रेसले नै लिड गर्दै अन्तत ः बिजयी नै हुन पुग्यो । यस्तै सबै भन्दा कम मत ल्याएर पछि पर्दै आएका स्वतन्त्र उम्मेदवार बराल पछि पछिल्लो मतमा निकै अघि बढे । अन्तत एमालले लाई पछि पार्दै दोस्रो उक्लीए पनि बिजयी भने हुन सकेन् । बराललाई निकै मजवुद उम्मेदवार समेत मानिएका थिए । उनले गठबन्धनलाई समेत चुनौती दिएर भोट ल्याए ।