
पूर्णपुष्टि, चैत १६ ।
सरकारले अव थप आठ दीन लकडाउन थप्ने निर्णय गरेसंगै थप कडाइ गर्ने र लकडाउन पालना नगर्नेलाई कडा कारवाही गर्ने भएको छ ।
नागरिकहरुलाई कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको बारेमा जानकारी दिदै लकडाउनमा घरभित्रै सुरक्षित बस्न भनिए पनि विना काम बाहिर निस्कने र लकडाउनको अवहेलना गरेको पाइएपछि सरकारले यस्तो गर्नु परेको हो ।
पछिल्लो समय भारत तथा अन्य तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला लखर लखर हिड्नेलाई सरकारले कडा कारवाही गर्ने जनाएको हो ।
आइतबार कोभिड १९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति बैंठक बसि सरकारले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो । क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामण रोग ऐन २०२० अनुसार कारवाही गरिने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायण प्रसाद बिडारीले क्वारेन्टाइनमा बस्न नमान्नेलाई कारवाही गरिने बताउनुभयो ।
गृह प्रशासनले कारवाही अगाडी बढाउने यस कार्यलाई संक्रमण रोग ऐन बमोजिम कडा कारवाही हुने उहाँले बताउनुभयो ।
ऐनमा आदेश अपहेलना गर्नेलाई एकसय रुपैयादेखि १ महिना कैद र अधिृकृत व्यक्तिहरुलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रुपैया जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।
कारवाहीको प्रकृति भने प्रमुख जिल्ला अधिकारीको तजविजमा हुने व्यवस्था ऐनमा छ । हाल भारतबाट धपाइएका र नेपालले पस्न नदिएर दशगजामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशको अनुमति दिने निर्णय पनि सरकारले गरेको छ । त्यसरी आउनेहरुले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छ । क्वारेन्टाइनलाई अन्तराष्ट्रिय मापदण्डको बनाउनु प्रदेश र स्थानीय सरकारलाई सिफारिस गरेको छ ।
