
पूर्णपुष्टि, साउन, २८
हिजो फेला परेको ८ संत्रमित मध्य आज पाँच जनालाई भने हस्पिटल लगिएको छ । हिजो मात्रै उदयपुरको त्रियुगा नगरपालिकामा मालपोत कार्यलयका ६ जना र अन्य २ गरी ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
हिजै लैजानु पर्ने संक्रमितहरुलाई एम्वुलेन्स बिग्रेका कारण तत्काल हस्पिटल लैजान नसकिएको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । बाँकी तिन जनालाई भने भोली लैजाने जनस्वास्थ्य कार्यलयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
एम्वुलेनस बिग्रेका कारण सवैलाई समयमै हस्पिटल लैजान समस्या भएको प्रमुख सुवेदीले बताउनुभयो । ५ जनालाई चौदण्डीको कोरोना हस्पिटलमा लगिएको छ । भने बाँकी तिन जनालाई भोली लैजाने तयारी रहेको पनि सुवेदीले बताउनुभयो । संक्रमित तिन जना उनिहरुकै घरमा सुरक्षितका साथ राखिएको सुवेदीले बताउनुभयो ।
