Saturday, May 16News That Matters

९ बर्षीय बालकको हत्या आरोपमा एक युवक पक्राउ

पूर्णपुष्टि, असार २ । स्याङ्जामा ९ बर्षीय बालकको हत्या अरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनचौवारी गाउँपालिका–६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या आरोपमा सोही स्थानका २१ वर्षीय सुजन चुवाई (सुवेदी) लाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ साढे ५ बजे हँसियाले हानेर बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरेको डिएसपी खनालले बताए । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।