Thursday, June 4News That Matters

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, वैशाख ८ गते ।
नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले नौ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।