
पूर्णपुष्टि, वैशाख ४ गते ।
¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।
दुबईबाट २७ दिन पहिला नेपाल आएका हल्दीबारी निबासी युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न नमुना संकलन गरी कोशि अस्पतालको प्रयोगशालामा पठाइएको छ । ती युवक दुबईबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।
हल्दिबारीमा ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसमध्ये १९ जनाको थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि विराटनगर पठाएको जनाईएको छ ।
