अदालतबाट लाखौ जरिवाना तोकिएका बन मुद्दाका ६ र लागु औषधका १ जना पक्राउ

पूर्णपुष्टि (उदयपुर), पुस ८ ।
अदालतबाट दोषी फैसला भइ फरार अवस्थामा रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले हिजो घरबाटै पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ६ जना बन कसुर र १ जना लागुऔषध सम्बन्धीको कसुरका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिनुभयो ।

उहाँ अनुसार बन कसुरमा उदयपुर जिल्ला अदालतबाट दोषी फैसला भइ कैद तथा जरिवाना तोकेका छ जना विशेष सुचनाको आधारमा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका २ खैजनपुरका २० वर्षिय दिलिप चौधरी, ३३ वर्षिय राजिन चौधरी, २२ वर्षिय बिरेन चौधरी, ३५ वर्षिया रिता चौधरी, ३२ वर्षिया पवित्रा चौधरी र ३४ वर्षिया दुर्गा चौधरी रहेका छन् । घरैबाट हिजो पक्राउ परेका दिलिप, राजिन, बिरेन, रीता, पवित्रा, र दुर्गा सबैलाई जनही १ लाख ३६ हजार ६६७ रुपैयाका दरले जरिवाना तोकिएको छ । छ जनाबाट कुल ८ लाख २० हजार रुपैया जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।

यसैगरी लागुऔषध मुद्दामा कैद तोकिएका बेलका नगरपालिका ७ मैनामैनीका १८ वर्षिय अशोक राईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरठोक्शिलाको विशेष प्रहरी टोलीले घरैबाट राईलाई फेला पारी पक्राउ गरेको हो । उदयपुर जिल्ला अदालतले उनलाई गतवर्षको फागुन २३ गते फैसाला सुनाएको थियो । अदालतबाट कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले पक्राउ गरेका सातै जनालाई नै आवश्यक कार्वाहीका लागि अदालतमा बुझाएको सुचना अधिकारी थापाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: