Friday, May 22News That Matters

अनुमान भन्दा अर्थव्यवस्थामा ठूलो असर

पूर्णपुष्टि, असार ११

कोरोना संक्रमणको कारणले अर्थव्यवस्थाको सुरुवाती अवस्थामा अनुमान गरेका ेभन्दा ठूलो असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले जनाएको छ ।

महामारी बढ्दै गएकालो विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ ।

आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउनेछ । गतको अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो ।

कोरोना संक्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिंदै गएको आईएमएफको भनाई छ ।

दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको छ ।