अन्तरजाति डोने आदिबासीलाई एउटै सजातिय जनजाति बनाउने दुस्प्रयास

बैज्ञानिक तबरको अनुशन्धानले यी फरक तीन अन्तरजातिलाई फरक जाति जनजातिको सुचिकरण गरिनुको अर्को बिकल्प हुदैन । तर एउटै कित्तामा राखेर सजातिय जात-जाति बनाउँदा वा हो भनि एउटै बिल्ला भिडाउँदा पुर्खा र प्रागऐतिहासिक (लिखित अलिखित) कथनहरुका कत्लेआम हुनेछ । फरक जाति समुदायको आदिबासी बिराजमान बिशेषताको खिल्ली उड्नेछ । अनि फरकपनको पहिचान र अस्तित्वको आदिबासी जनजातिको पुर्खालाई एउटै जाति अथवा सजातिय जाति बनाउनु र हो भन्नु भनेको पशुवत स्तरमा पुग्नु सरह हो । त्यसैले एउटै आमाबाबुबाट जन्मिएको सन्तानबीच बैबाहिक नातामा गाँसिनु भनेको पशुपंक्षीको जीवनचक्र चल्नु जस्तै हो ।

– यमन राईडोने

बिषय प्रबेशः
अभियान जारी छ, जारी छ ।
डोने मातृभाषी एक हौ, एक हौ ।।
१२ औं राष्ट्रिय जनगणना सफल पारौं, सफल पारौं ।।।
मातृभाषी डोने समाज एकता जिन्दाबाद ,जिन्दाबाद ।।।।
यही मूल नारालाई केन्द्रबिन्दुमा राख्दै, मातृभाषा जहाँ छ त्यहाँ “डोने” भन्छन् । जहाँ मातृभाषा लोप छ त्यहाँ “दनुवार वा राई” मात्र भन्छन् । आफ्ना जातिय मातृभाषा लोप भैसकेको बस्ती, क्षेत्र र जिल्लामा मातृभाषा नबोल्ने पुर्खाको सन्तान र नश्लले “डोने” स्वीकार गर्दैनन् तर, अब गर्नैपर्छ । किनकी आफ्ना जाति समुदायलाई जनजाति बनाउने र चिनाउने हो भने मातृभाषा र मातृभाषाको शब्दलाई महत्वका साथ स्वीकार गर्नैपर्छ । पुर्खाको इतिहास २१ औं सताब्दीमा आउँदा समेत गवाँर, ग्वाँचका सन्तान दरसन्तानको ट्याँग लगाउन बाध्यकारी हुनु दुखद कुरा (बिषय) हो । तर यो बर्तमान पुस्ता सुचना–संचार बिज्ञानप्रबिधिले निकै माथि चुली सकेको छ । यी कुराबाट र प्रबिधिबाट अनुभबी रहे पनि जातिय शाखका पहिचानहरु गुमाउदै जानु एउट आदिबासी जनजातिको लागि निकै बज्र सहनु हो । जाति नै लोपको जंगारमा पुग्नु सरह हो ।
अब हामी डोने महाअभियानमा जुटौं । पुर्खाको इतिहासको खोजी गरौ । त्यसैले हामी चेतनसील र मानब बिकास चरणका लागि इतिहास कोर्ने लायकका पुस्ता बन्न सक्छौ । केबल स्वार्थरहित समुदायको साझा पहिचान र अस्तित्वको मुद्दामा एक भएर जुटौ र एक हुनुको अर्को बिकल्प छैन । निरब्यक्तिका मुद्दा पनि प्रोपगण्डा नफैलाइयोस र नहोस पनि उद्घोष गर्छौ ।
मातृभाषा बाँचे जनजाति बाँच्छ । मातृभाषा मरे जाति समुदाय नै मर्छ । त्यसैले भाषा मरे जातिय पहिचान गुमाए पुर्खाको अस्तित्व धुँदिचटान हुन्छ । अनि साउने पानीले झारेको प्वाख झै चरीको बिलौना मात्र हुन्छ । थुतुुरे इतिहासको लोक गाथा–कथा पनि सारहीन फुङ्ङो हुनेछ ।

मातृभाषाको चिन्तन
आफ्नो मातृभाषा, संस्कार संस्कृति रीतितिथी बिर्सिएर जाने पुस्तालाई एउटा कथन भन्न मन लाग्यो । “आफ्नी आमालाई मारेर बाउलाई सौतेनी आमा भित्राउन लगाउने सन्तानलाई नेपाली समाजका बिद्धान आदिबासी जनजातिबिद, मातृभाषाबिद् सांस्कृतिकबिद् र प्रखरबिदुरबिदुषी नेतानेत्रृहरुका अगाडी दाह्रा, नग्रा नभएको बाघसिंहको बिलौना जस्तो दुरदर्शाले भरिएको परिजीबि जीवनाचार्य तथा जीजिबिषाको लागि सिने, सडे, कुहे जीन्दगी मात्र हो र यो बाहेक अरु केही पाईदैन ।” किनकी मातृभाषा लोप भएसी, गरेसी वा मारेसी काल्पनिक उपन्यासकारको कपोकल्पित रचनाको बखान उस्तै–उस्तै हुनेछ । त्यसैले भाषिक मातृत्व र सांस्कृतिक अस्तित्वको चोमोलुङमा चुम्न उर्जाशील हुन बर्तमान पुस्ता जरुर छ ।
बिनाश काल बिपरित बुद्धि नहोस । जनजाति हुनुको ज्ञान फिराईआओस । आसन्न १२ औ राष्ट्रिय जनगणना २०७८ ले सत्बुद्धि दिउन् प्रकृतिदेब, प्राकृत्यश्वर र डोनेश्वर बाबा । जल, जमिन जंगलेश्वर, आईतबार–शनिबार(बारेश्वर), लरीमाई र सिमेभूमेश्वर आदि सबै–सबै ठानेश्वर, भडारेश्वर (प्रकति नै ईश्वर, देबदेबी, देउताका रुपमा मनोआकृति बनाई ठान(थान) भूमी स्थल बनाई पुजाआजा गरिने प्रचलन ताजा नै यो जातिमा रहेको छ । यी जाति रैथाने मूलबासी जनजाति र डोनेहाङका सन्ततीहरुले आ–आफ्ना भूमिकामा रहि मातृभातृ समाज समुदायको सकारात्कमक चिन्तन बोकेका जनजातिय सजातिय डोने नश्लीय शुभचिन्तकप्रति कोटिकोटि “डोने सिह्वाला, सिवा, ढोग करिकू । मूई डोने भाषाक् सिनाक् तसु चुटेक चुटेक कुरा उठापर्छिक । सेब्बे डोने लोखक् एकटा मिलिकु भैलिग् ।”
किनकी आदिबासी जनजातिमा सुचिकृत “दनुवार” भैसकेकोमा आफूहरुलाई महान् र गर्ब ठान्छन् । तर, पुर्खालाई बिर्सिएर परिवर्तन गरि “दनुवार मात्र सिर्फ आफूलाई दनुवार मात्रै” भनेर डुक्रिने स्याल हुईईया पार्तकी सन्तानहरुलाई आदिम मूलबासी रैथाने डोने मातृभाषाको बिरासत के थाहा ? बिबाद मात्र गरेर जाति समुदाय फुटायो, बिगार्यो तराई, पहाड दुनबेशी उपत्यकाका सबैले मानि स्वीकारी आएका “दनुवार जाति”लाई बिखण्डन गर्ने र डलरको खेतीमा लगाउने आरोप लगाएको पाईन्छ । यी सबै तथ्यहीन र आधारहीन गुह्रे कुरा समाज र समुदायमा फैलाउनु अर्थहीन हो । अनि, दिउँसै आँखा हेरेर देखेको सपनाको पछाडी नलागी साथै बैशनालु नितम्ब र काक्रे तिघ्राको बयान गरि स्वाद लिन पल्केकालाई मातृभाषाको महत्व थाहा नहुनु स्वाभाबिकपन नै हो । त्यसैले ८० बर्षका धमिला आँखा र चाउरी मरेका गाला अनि कलेटी परेका ओठबाट निस्किएका डोने मातृभाषा मार्ने छुट कसैलाई छैन । हामी डोने भन्नेहरुले बुढी आमैको लगलगगिएको सुकेनाश पाशुला र छातिमै टाँसिएको स्तनको बारेमा कुरा उठान गर्दा उही डोने मातृत्वप्रति पक्कै पनि उत्श्रृंखल सन्तान बन्दैनौ । कीन कि, हामी त्यही कलेती ओठ, लरखराएको तिघ्रा, धमिला आँखा, लाखौ मुजा परेका गला र लर्बराएको जिब्रो तोते जनबोलीले बोलेका डोन्या मातृभाषाको चर्चा गर्दा हामी अपराधी मानसिकताबाट ग्रसित डोने अभियान्ता हुदैनौ । तर, हामी उहाँहरुका उम्दा सन्तती बन्न तयारका लागि लड्दै छौ । हराएको इतिहास कोर्न सक्षम पुस्ताको दर्ज गर्न खडा भएकाछौ ।
फलस्वरुपः बर्तमानमा पीतृहुन वा अस्ताउन लागेका डाँडापारीको जुनघाम उमेर भएका पाका अग्रजहरुका बिडो थाम्न कसरी सकिन्छ भन्ने गहिरो अध्ययन, खोज, चिन्तन, अनुशन्धाताको उपमा कार्य गरिरहेका छौ र कालान्तरसम्मका लागि उहाँहरुकै सन्तानमा उच्च मनोबलसहित डोने अभियानलाई अगाडी बढाउने अग्र मोर्चामा हामी लागि परेका छौ ।

चिन्ता होईन चिन्तन
डोने र डुन (दुन) नेपालको धरोहरको अन्तर संम्बन्ध रहेको पाईन्छ । इन्द्रावती खोलातिरमा भेटिएका भनिएका मानब पुर्खा रामापिथेकस पुर्खाको अबशेष जातिय शब्द नामेट गराउने “कथित दनुवार” मात्र भन्ने अभियान्ताहरुलाई कालान्तरमा बन्दै गरेको इतिहासले धिकार्ने छ । मैथिल र थारु कछारियालाई पनि एउटै बास्केटमा हाली गुहे जातिय राजनीति गर्ने र अल्पबाट बहु अनि अन्तरजातिपनलाई सजातिय एकताको सुत्राधार गर्ने हुतिहारा बुद्धिजीबिहरुका बिल्ला र पगरी नगुथ्न अग्रह छ ।
सांसदको लोगो भजाउन नेपालभूमण्डलमा रहेका सबै दनुवार थरी एउटै जाति हुन् भन्ने नालायकी तर्क गर्ने स्वाँठे झुण्डहरुले प्राचिन डोने बिरात खरानी बनाउने उदत्त देखिदै आएको पाईन्छ । अल्प र बहु नितान्त राजनीतिक शब्द हो । राजनीतिक निर्णायक भूमिकामा बहुमत रहन्छ तर जातिय पहिचान र अस्तित्वको सबालमा यो लागू हुन सक्दैन । राजनीति एजेण्डा जस्तो पेलपाल गरि लान सकिदैन ।
आदिबासी जनजाति मुद्धामा वा अस्तित्व र पहिचानको सबालमा उनीहरुका सांस्कृतिक परम्परा, पुर्खाको एैतिहासिक धरोहर(लिखित वा अलिखित), मातृभाषाको बैज्ञानिक पद्धतिको अध्ययन, अनुशन्धान, लोकजीवनका मूल्य, मान्यता, रीतितिथी, भेषभूषा, खानपान, कलाकौशलमाथि गहिरो बैज्ञानिक अनुशन्धान बिधि प्रक्रियाहरुको पद्धतिबिहीन सतहीमा दनुवार लेखेकै वा भनेकै आधारमा फितलो जातीय एकता गर्ने र बनाउन हर्कत गर्ने जो जसबाट हुन्छ, ती जातीय हत्यारा हुन् । त्यो कर्म गर्ने छुट कसैलाई छैन । अन्तरजाति समुदायका समाज र मानबझुण्डलाई अल्पबाट बहुसंख्यामा रुपान्तरण गर्ने र एउटै जाति हौं भन्ने कथित बुद्धिजीविहरुका दिन (यात्रा) लामो हुन सक्दैन र उनीहरुका “एकता र बचाऔ अभियान” साहारा मरुभूमीमा एक लोटा पानी पन्याँएर सिंचाईको सफल आयोजना पारित गरियो भन्नु भनेको पूर्ण रुपेण पागल बराबर हो । अन्तरजाति जातजातिलाई एउटै सजातिय जात-जाति भन्नु र बनाउनु यो भन्दा ठूलो नालायकीपन र मुर्खता सिबाय अरु केही छैन, यो दुनियाँमा ।
त्यसैले, हामी डोने (राईदनुवार) सजातिय जाति एक हौ । मातृभाषा परिवार, सांस्कृतिक परिवार, पुर्खौली मूलभूमी क्षेत्र, (जन्म–मृत्यु) बिबाह परम्परा अलपग अलग रहदासमेत दनुवार लेखेकै आधारमा एकै जातिका हो,हौं र हुनु पर्छ भन्ने स्वार्थी (राज्यका चौेतर्फी अबसर लेट्न खोज्ने) उपभोग गर्ने दुस्ससाहास ब्याक्ति वा कोही कसैबाट हुन्छ भने त्यो आफ्नो मातृत्वमाथि बलत्कार गरे सो सरहको नै हो ।
मैथिल द्रोणवार–दोनवार, रजहन–रजुवार अपभंश हुदै मधेशी वा मधेशीया दनुवारसिंह भएका जाति र थारु किटस्थ कछारिया–कछाडिया, दलबार–दलुवारबाट अपभंश हुदै वा बन्दै कमलाखोच क्षेत्रका दनुवारथारु भएका जाति फरक हुन् । भिन्न वा अलग कित्ताका जाति समुदाय बीच तिमीहरु एउटै जाति हौ भन्नु आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान र आदिबासी जनजाति महासंघको गैर जिम्मेबारीपन हो ।
त्यसैअनुरुप डुन(दुन) डोने–डोनेवार हुदै दनुवारडोने फरकफरक, भिन्न भिन्न अन्तरजातिका पुर्खाको सन्तान दरसन्तानहरुले दनुवार (थर-जात) भन्दै आएकाहरुसंग सजातिय जनजाति, आदिबासी एउटै हो भनेर सुचिकृत गरि पहिचान दिन खोजेको हो भने महाभयंकर मिस्टेक (गल्ती)वा क्षम्य दिन नसकिने अपराध हो ।
थरलाई जातिको कित्ता राखेकोले आदिबासीबिद्,जनजातिबिद् र आदिबासी जनजाति भाषाबिद्को न्यानो(अतिशुक्ष्म) र मार्कौ (अति बृहत्तर)लेबलको खोज,अनुशन्धान नगरि हचुवाको तालमा जाति छुट्याउने सनकी र मुर्खतापूर्ण ढंगको अध्ययन बिश्लेषणले असली आदिबासी जनजातिमा दुबिधाजन्य मुद्धाहरु सृजना गरेको हो ।
बैज्ञानिक तबरको अनुशन्धानले यी फरक तीन अन्तरजातिलाई फरक जाति जनजातिको सुचिकरण गरिनुको अर्को बिकल्प हुदैन । तर एउटै कित्तामा राखेर सजातिय जात-जाति बनाउँदा वा हो भनि एउटै बिल्ला भिडाउँदा पुर्खा र प्रागऐतिहासिक (लिखित अलिखित) कथनहरुका कत्लेआम हुनेछ । फरक जाति समुदायको आदिबासी बिराजमान बिशेषताको खिल्ली उड्नेछ । अनि फरकपनको पहिचान र अस्तित्वको आदिबासी जनजातिको पुर्खालाई एउटै जाति अथवा सजातिय जाति बनाउनु र हो भन्नु भनेको पशुवत स्तरमा पुग्नु सरह हो । त्यसैले एउटै आमाबाबुबाट जन्मिएको सन्तानबीच बैबाहिक नातामा गाँसिनु भनेको पशुपंक्षीको जीवनचक्र चल्नु जस्तै हो ।
चेतनीलशील र बिबेकशील मानब समुदाय २१ औ सताब्दीमा आईपुग्दा पुखौली इतिहासको पहिपाचन र भाबी इतिहासको कोशेढुंगा बन्न तयार वा दर्ज हुन यो बर्तमान पुस्ता प्रेरित र सक्षम भईसकेका छन् ।
समानुपातिक भोट ब्याँक बनाउने अभिष्ट बोकेर हिडेका “दनुवार” मात्रै हो भन्नेहरु बग्रेल्ती रहेका छन् । र बिबिधतामा एकता खोज्ने हाम्रा ढोगी बुद्धिजीबिहरु र “जागरण अभियान र दनुवार बचाऔ अभियानमा लागेको मैथिल संस्था “दनुवार जागरण समिति” जनकपुर, धनुषालाई तिलाञ्जली” नगरेसम्म डोने(राईदनुवार) जनजाति र डोने मातृभाषी परिवारलाई राष्ट्रियकरण हुन नदिन बाधकको रुपमा केही तिर्जुगेली दनुवार ब्यक्तिहरु तगारो बनि आएका छन् ।
यो क्षेत्रका यी समुदायका मुठठीभर ब्यक्ति, ठालुप्रसाद जीहरु, रुद्री, मण्डपीहरुका एउटै अभियानकर्ता, सल्लाहकार र संस्थाका पदाधिकारी, शाखाका कोमा पदाधिकारी लगायतले जागरण समितिको धोतीको फेरो समात्न पुगेका कथित ब्यक्तिहरुबाट डोनेको इतिहास लिलाम गराउने र जनै र थारु संकृतिमा लगेर मिसाउने हर्कतको रोक जबसम्म हुदैन तबसम्म अन्तरजातिय समुदायलाई सजातिय जाति भन्दै गलत हौवा फैलाई आदिम मूलबासी डोने जाति समुदायको चीर हरण गर्ने काम भईरहेको छ । उनीहरुबाट जनैधारी मैथिल मधेशीय दनुवारसिंह र थारु सांस्कृतिक जीवन्तमा चलेका दनुवारथारु कछाडेलाई अन्तरजाति भनि बहिष्कार मूलभूमी पाँचखाल काभ्रे प्रशासनमा दर्ता भएको संस्थाको डोने बिकास समाजमा आबद्ध भई आफ्नो गुमेको जातीय शाख बचाउन आग्रह गर्दछौ । मानब संसार रहेसम्म आदिबासी जनजाति डोने सस्कार,संस्कृति, मातृभाषामा रम्न र रमाउन सकोस भनि कामनाको आशा गर्दछौ ।
आफ्नै जाति सजातिय सामाजिक अभियान्ताबाट यस्तो कर्म गराईले बिहारी शैली र कन्नडी बंशज र सिम्रौनगढको तुकहीन राज्यभिषेक सन्तान कर्णाटकबंशीको लेप लगाएर इतिहास कोरेको कोरा पुस्तकहरु र ती कुरा तिर्जुगेलीले माथबाट नहटाएसम्म दनुवार थर स्वीकार गरेका अन्तरजातिलाई एकै सम्झने(बनाएर लाने) दुस्साहसलाई धोबीधुलाईका साथ मानसपटलबाट वास नगरेसम्म परिबर्तनको शंखघोष हुन जटिल छ ।
त्यो काभ्रे पाँचखाल, सिन्धुपाल्चोक भीमटार,ललितपुर डुकुछापका मातृभाषीहरुबाट मात्र गर्न सक्छन् भन्ने डोने समाजको बुझाई रहेको छ । कीन कि त्याँहाका रैथाने मुलबासीले (मातृभाषाका संरक्षकहरुबाट) दिक्षित गराउनु पर्ने छ । अनि पूर्वेली तथा तिर्जुगेली(त्रियुगेली) दनुवार मात्र भन्नेहरुका सद्बुद्धि आउने ठोकुवा गर्न वा आँकल गर्न सकिने अबस्था रहेको छ ।
यसको अन्त्यष्टी यही गणनाबाट गरौ । डोने बिकासको उदयमान गराऔं । लुटिएको ईतिहास, गुमेको जातिय साख, लोप हुन लागेको डोने मातृभाषाको संरक्षणमा अभियानमा हातेमालो गरौ ।
मातृभाषालाई लत्याँई खण्डित र अल्पबाट बहुसंख्यकको नारा दिने “ढोंगी दनुवार”ले वा बुद्धिजीबि भनेर चिनाउने हतकण्डा मच्याँई रहन चाहानेहरुलाई हाम्रो जातिय संस्था डोने बिकास समाज केन्द्रिय कार्यालयको अपिल छ ।

अभियानको मार्ग
“मेरो गणना, मेरो सहभागिता” १२ औं राष्ट्रिय जनगणनाले एकताको सुत्रपात गरौ, गराऔं र गराईयोस ।
१. जात जातिको महलमा – “डोने ” लेखौ,लेखाऔं । नामको थरमा – राई, राईदनुवार, दनुवार डोने तथा आ–आफ्ना खाल समेत लेखी, लेखाऔं । खाँललाई समेत राष्ट्रियकरण गराऔ ।
२. धर्मको महलमा – “प्रकति पुजक” लेखौ, लेखाऔ । ( जल, जमिन, जंगल पुज्ने प्राकृतिक आस्थाको धर्म हो)
३. पुर्खाको भाषा – “डोने” लेखौ, लेखाऔं ।
४. मातृभाषा – “डोने” लेखौ, लेखाऔ । पुर्खाले बोल्ने मातृभाषा नै बर्तमान सन्ततिले बोल्ने मातृभाषा हो । जुन बर्तमान लोकजीवनको जन्म – मृत्यु पर्यान्त संस्कार संस्कृति जातिय भाषाबाट गरिन्छ ।
दोस्रो भाषा– अन्य जातजाति समुदायका मानिससंग बोलीचाली संचारको भाषा लेखौ, लेखाऔ ।

हामी यही अभियानमा छौ । नेपाल डोने बिकास समाज केन्द्रिय समिति तथा केन्द्रिय कार्यलय पाँचखाल, काभ्रेपलाञ्चोक । जनगणना २०७८ अभियानमा सरिक हौ ।

ऐक्यबद्धता संस्थाहरु
– नेपाल डोने बिकास समाज केन्द्रिय कार्यालय पाँचखाल काभ्रे ।
– डोने बिद्यार्थी समाज, नेपाल ।
– डोने महिला समाज केन्द्रिय समिति ।
– डोने पत्रकार समाज केन्द्रिय कार्यालय ,उदयपुर ।
– डोने राष्ट्रिय प्रतिष्ठान नेपाल ।
– डोने सहकारी समाज नेपाल ।
– डोने राष्ट्रिय संग्राहलय निर्माण केन्द्रिय समिति ।

यी सबै तह तप्काका भूमिका जनजातिय पहिचान र अस्तित्वका लागि संगठित संरचनाहरु हुन् ।
अग्रज पुस्ता, बुद्धिजीबि, युवा बर्ग, प्रतिभावान ब्यक्तित्व, राजनीति सुझबुझका पारखी, जनप्रतिनीधि र स्वतन्त्र समाजसेवी, लेखक, पत्रकार, वकिल, सरकारी गैरसरकारी कर्मचारीहरुका साँझा प्रयासबाट पुर्खैस्यो पहिचान र अस्तित्वलाई आत्मसाथ गरि गुमेको एैतिहासिक पहिचानलाई स्थापित गर्न तयार हुनु आजको बर्तमान पुस्ताको काँध बाहेक अर्को बिकलप छैन । सहकार्य गरि अघि बढ्नु आजको १२ औ राष्ट्रिय जनगणनाको अपरिहार्य कदम हो ।

जय डोने । जय डोनेश्वर ।। जय प्राकृत्यश्वर ।।।

(लेखक : नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेश कार्य समिति सदस्य तथा डोने पत्रकार समाजको संस्थापक अध्यक्ष तथा डोने राष्ट्रिय प्रतिष्ठानको संरक्षक संस्थापक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: