
पूर्णपुष्टि, मंसिर १६
३० औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गाईघाटको पिपलचोकमा दिव प्रज्वलन गरिएको छ । अपाङ्ग विकास संघ गाईघाट उदययपुरको आयोजना तथा अपाङ्गता सम्बन्धि संस्थाहरुको समन्वयमा बिहिबार दिप प्रज्वलन गरेको हो ।
मंसिर डिसेम्वर ३ मा मनाईने सो दिवस भोली देश तथा विदेमा भव्य रुपमा मनाईने संघका महासचिव बुद्ध बहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठले सोही अवसरमा नेपालमा पनि भोली बिभिन्न कार्यक्रम सहित सो दिवस भव्य रुपले मनाईने बताउनुभयो ।
उहाँले गाईघाटमा पनि भोली अपाङगता भएका व्यक्तिहरुको बारेमा बिभिन्न बिषयमा केन्द्रीद रहेर अन्तरक्रिया कार्यक्रम गरिने जनाएको छ । सो अन्तरक्रिया प्रत्यक्ष रुपमा सरकार तथा सरकारी निकायहरु सँग सम्बन्धि रहने छ ।
अपाङ्गता भएका व्यक्तिहरुको समस्या र आवश्यकतालाई दर्साउँदै भोली सम्बन्धित निकायहरु सँग अन्तरक्रिया गर्न लागिएको माहासचिव श्रेष्ठले बताउनुभयो । उहाँले भोली सम्पूर्णलाई शिक्षक संगठनको हलमा कार्यक्रमको लागि निमन्त्रणा समेत गर्नुभयो । दिप प्रज्वलन कार्यक्रममा मानवअधिकारकर्मी, संघ संस्था लगायतहरुको उपस्थिति थियो ।

