
पूर्णपुष्टि, मंसिर १६
गाईघाट नितेश फेसन कलेक्सनले ३ हजार माथी कपडा खरिदमा ल्याएको दशैँ तिहार अन्तर्गतको बम्फर उपहार स्कुटर सरिता गजमेरलाई परेको छ । त्रियुगा नगरपालिका ३ मोतीगडाकी ३०९ को कुपन रहेको गजमेरलाई भाग्यशाली चिठ्ठा प्रथम पुरस्कार स्कुटर परेको हो ।
नितेश फेसन कलेक्सनले दशैँ, तिहार तथा छैठलाई मध्यनजर गर्दै ग्राहकहरुलाई बम्फर उपहार सुविधा ल्याएको थियो ।
बम्फर उपहार अन्गर्तत १५ जनालाई राईसकुकर, ५ जनालाई मोवाईल र १ जनालाई स्कुटरको व्यवस्था स्वरुप बम्फर उपहार खुलाईएको थियो । बिहिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको उपस्थितिमा चिठ्ठा खोलीएको हो ।
चिठ्ठा दशैँ, तिहार र छैठ हुँदै मंसिर ११ गते सम्मको लागि खोलिएको थियो । सो अबधिमा करिब ६ सय भन्दा बढीले ३ हजार माथी कपडा खरिद गरेको थिए । हरेक ३ हाजर माथी कपडा खरिदमा पसलले एउटा कुपन दिने गरेको र सोही कुपनको भाग्यशाली नम्वर अनुरुप आज चिठ्ठा खोल्दा प्रथम पुस्कार स्कुटर गजमेरलाई परेको प्रोपाईटर रमेश कुमार रायले बताए ।
स्कुटर गजमेरकी परिवारलाई बुझाईएको छ । सरिता गजमेर जागिरको शिलशिलामा सोलु रहको हुँदा परिवारलाई बुझाई दिनु भन्ने अनुरोधमा पसलले परिवारका बुबा र बहिनीलाई जिम्मा लगाएको छ । स्कुटर नगर प्रमुख बलदेव चौधरीले गजमेरको परिवारलाई चाबी प्रदान गरेर हस्तान्तरण गरे ।

गजमेरले घरमा भाईटिका मनाउन आउँदा तिहारमा सो पसल बाट ३ हजार ७ सय बराबरको कपडा खरिद गरेकी थिईन् । स्कुटर पाउँछु जस्तो लागेको थिएन् । यो भाग्यशाली चिठ्ठाको प्रक्रिया विश्वास पनि लागेको थिएन, तर आज म आफैलाई स्कुटर पर्दा छक्क लागेको छ र अनि धेरै खुसी गजमेरले भनिन् ।
उनिले यस्ता कतिपय कुराहरु विश्वास नहुने भएपनि कपडा खरिद गरेर कुपन लिएकी थिईन् । उनले आफुलाई स्कुटर परेपछि खुसी व्यक्त गर्दै यो बम्पर उपहारको आयोजना गर्ने नितेश फेसन कलेक्सनलाई अत्यादिक धन्यवाद व्यक्त गरिन् ।

यसैगरी दोस्रो पुरस्कार मोवाईल निर्माला थापा, रमेश कुमार चौधरी, प्रविन सुवेदी, गोविन्द चौधरी र रविन नेपालीलाई परेको छ । त्यस्तै तेस्रो पुरस्कार राईस कुकर १५ जनालाई परेको छ । दिपक राई, केशव कार्की, प्रकाश राई, रिया दत्त, बालकृष्ण पोखरले, काका होटल, सुनिता राई, मनिता बस्नेत, आरती शर्मा, सुनिल राई, रोशन थापा मगर, सविता कार्की, चन्द्रलक्ष्मी राई र नईन्द्र कार्कीलाई परेको छ । कार्यक्रममा मेयर चौधरी सहित व्यवसायी तथा त्रियुगा उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष रमेश रसाईले, राहुल यादव, राज कुमार शर्मा लगायतको सहभागी रहेको थियो ।

