अपरिचित समूहद्धारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

पूर्णपुष्टि, पुष १३
एक अपरिचित समूहद्धारा एकैसाथ पाँच पसलमा आगजनी गर्दा लाखौँको क्षति भएको छ । जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति आगजनी हुँदा स्थानीय रामएकवाल, योगेन्द्र साह र मङ्गल साहको चिया पसल साथै राजकुमारी साह र शम्भु साहको खाजा पसल पूर्णरुपले जलेर नष्ट भएको हो ।
नचिनेको समूहले गएराति करिब ९ बजेको समयमा आगजनी गरेको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भइ लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्याँस सिलिण्डर, चुल्हो र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: