
पूर्णपुष्टि, वैशाख १२ ।
मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० रुपैयाँ बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो ।
बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
