Thursday, June 4News That Matters

लागुऔषध सहित ३ जना पक्राउ

पूर्णपुष्टि, वैशाख १२ ।
लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१० स्थितबाट दुई जना र मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट एक जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० स्थित राजमार्गमा डब्लु बी ७४ वाई ७७८२ नम्बरको स्कुटरलाई रोकी चेक जाँच गरेका थिए । चेक जाँच गर्ने क्रममा स्कुटर चालक मेचीनगर–६ का ३२ वर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ वर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध निट्रोसन–टेन ९५–चक्की र फिभोन स्पास प्लस–२०८ क्याप्सुल फेला परेको हो ।
यसैगरी, आज बिहान सवा १० बजे काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका–२ काठमाण्डौका ३९ बर्षीय मोहन बहादुर पाईजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।