Thursday, June 4News That Matters

उदयपुरमा लागूऔषध सहित राई पक्राउ

पूर्णपुष्टि, बैशाख १२
उदयपुरको चौदण्डिगढी नगरपालिका–६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थानका ३० बर्षीय रेगन राई रहेका छन् ।

हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७३७५ रुपैँया सहित पक्राउ गरेको हो । साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २.४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेको राईको थप आनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।