
पूर्णपुष्टि, जेठ ३१ ।
उदयपुरमा स्थानीय उत्पादनकाे खपतमा जाेड दिईने भएकाे छ । नेपाल घरेलु तथा साना उद्याेग महासंघ, उदयपुरले आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका साथ स्वागत तथा परिचयात्मक कार्यक्रमसहित अन्तरक्रियामार्फत स्थानीय उत्पादनकाे खपतमा जाेड दिने कुरा आएकाे हाे । प्रजिअ लुईटेलले उदयपुरमा उत्पादन भएका बस्तुकाे प्रयाेगमा सबैले जाेड दिनेगरी पहल गर्ने बताउनुभयाे । स्थानीय उत्पादन खपतमा वृद्धि भए साना उद्याेग र उद्यमीहरु पलायन नहुने महासंघका प्रदेश बरिष्ठ उपाध्यक्ष मधुकर थापाले बताउनुभयाे । स्वदेशी बस्तुकाे प्रयाेग गराैं, नेपाली भएकाेमा गर्व गराै भन्ने नारा महासंघकाे रहेकाे छ ।
महासंघकाे नवनिर्वाचित जिल्ला कमिटि र उद्यमीहरुले साना उद्याेग र उद्यमीहरुकाे समस्या, आवश्यकता बारे कुरा राखेका थिए ।
स्वागत मन्तब्य राख्दै महासंघकी जिल्ला बरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधानले उद्यमीहरुलाई सामान आयात निर्यातमा सहजिकरण गरिदिन प्रशासनलाई माग राख्नुभयाे । अधिकांश उद्यमीले याे कुरा राखेका थिए । साथै संस्था दर्ता तथा नविकरणमा पनि राज्यले सहज बनाउनुपर्ने माग गरिएकाे छ । उनीहरुले अनुदानकाे सदुपयाेग घरेलु महासंघकाे जिल्ला कार्यालयकाे लागि सार्वजनिक जग्गा ब्यवस्थापनका लागि माग गरिएकाे छ । प्रजिअ लुईटेलले पहल र सहजिकरणकाे वचन दिनुभयाे । महासंघकी जिल्ला अध्यक्ष विना राईकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन महासचिव भुपध्वज बस्नेतले गर्नुभयाे ।