Wednesday, April 29News That Matters

उदयपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

पूर्णपुष्टि, असार १ । उदयपुरको बेलका नगरपालिका वडा नं. ५ स्थितमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय संजिप कार्कीको अन्दाजी १७ बर्षीय छोरी दुर्गा कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत शुक्रबारआफ्नै घर छेउमा रहेको कुखुराको फममा काम गर्ने क्रममा करेन्ट लागि छटपटाईरहेको अवस्थामा आफन्तले देखि तत्काल उपचारको लागि बेलका नगर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राती साँढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी नगर अस्पताल बेल्टारमा पठाईएको र सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।