
पूर्णपुष्टि, असार १ । उदयपुरको बेलका नगरपालिका वडा नं. ९ रंगलक्ष्मी पेट्रोलपम्प स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत शुक्रबार बुद्दचोकबाट रामपुरतर्फ आउदै गरेको प्रदेश १–०५–००१ प १९१३ नं.को मोटरसाईकल कलबटको पिल्लरमा ठक्कर खाई दुर्घटना हुँदा चालक बेलका–६ बस्ने ४५ बर्षीय नबिन राईको मृत्यु भएको हो । शनिबार बिहान ६ बजे स्थानीय बासीले मोटरसाईकल दुर्घटना भएको खबर दिनसाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामाबाट खटिएको प्रहरी टोलीले शव पोष्टमार्टका लागी अस्पताल पठाएको प्रहरीले जनाएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
