Sunday, May 17News That Matters

अमेरिकामा नेपाली विद्यार्थीको निधन

पूर्णपुष्टि, बैशाख २२

अमेरिकाको क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी २८ वर्षिया रोजी रानाको मृत्यु भएको छ । अध्यानको शिलशिलामा संयुक्त राज्य अमेरिकामा रहेकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको हो ।

उनि बिद्यार्थी भिषामा अमेरिका गएकी थिईन् । एक अनौठो रोगको कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ । नेपालस्थित कास्की जिल्ला घर भएकी रानाको शवलाई कतार एयरलाइन्स मार्फत आजै नेपाल पठाइएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् ।

जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शव सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् ।

रानाको केकस्तो रोगको संक्रमणबाट मृत्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृतक युवतीको शव नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहा‘का सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पुरा गरी शव स्वदेश पठाउन करीव दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए ।