
पूर्णपुष्टि, साउन ३१
रोल्पामा अरिङ्गलको टोकाईबाट एक पुरुषकोे मृत्यु भएको छ । मृत्युु हुनेमा रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगर रहेका छन् ।
सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङ्गलले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा सोमबार राति मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
