
पूर्णपुष्टि, साउन ३१ गते ।
बुटलवलको एक होटलमा पुरुष झुण्डिएको र महिला ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् । तिनाउ पुलपारी फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जना आइतबार होटलको कोठामा सँगै बसेका थिए । पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पुरूषको घर धादिङ हो । करिब ३६ वर्षका सीताराम भुजेल मृत फेला परेका हुन् ।
यस्तै, होटलमा दाङकी करिब २५ वर्षकी युवती पनि मृत भेटिएकी छन् । उनको नाम पुष्पा भए पनि थर खुलेको छैन । युवती ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् । तन्ना र तौलियामा रगत लागेको देखिएको थियो ।
शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
